मंगलबार, भदौ २, २०८३

औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः ढकाल

औषधि व्यवस्था विभागमा महानिर्देशकको जिम्मेवारी पुनः नारायण ढकालले पाएका छन् ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– औषधि व्यवस्था विभागमा महानिर्देशकको जिम्मेवारी पुनः नारायण ढकालले पाएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको मन्त्रीस्तरीय निर्णयले ढकाललाई पुनः विभागको महानिर्देशकको जिम्मेवारी दिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले समायोजनमा महानिर्देशकका रुपमा रहेका ११ औं तहका नारायण ढकाललाई विभागभित्र रहेको राष्ट्रिय औषधि प्रयोगशालामा पदस्थापन गरी निमित्त महानिर्देशकको जिम्मा १० औं तहका पान बहादुर क्षेत्रीलाई दिएको थियो । त्यसविरुद्ध ढकाल सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्चले ढकालको पक्षमा आदेश दिएपछि मन्त्रालय निर्णय सच्याउँदै महानिर्देशकको रुपमा पुनःवहाली गरायो तर लगत्तै काजमा मन्त्रालय तानेको थियो । स्वास्थ्यमन्त्री ढकालले औषधि व्यवस्था विभागको मर्यादाक्रम नमिलेको भन्दै सच्याउने बताएका थिए । सोही अनुसार मंगलबार पुनः नारायण ढकाललाई जिम्मेवारी दिइएको हो ।

प्रकाशित: Jan 08, 2020| 07:19 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।