मंगलबार, भदौ २, २०८३

एलआईसी नेपालले ल्यायो जीवन बचत योजना

–एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमा शुल्क जीवन बीमा योजना ल्याएको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं–एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमा शुल्क जीवन बीमा योजना ल्याएको छ। एक समारोहबीच ‘जीवन बचत’ योजनाको अनावरण बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरे।

‘जीवन बीमासहितको खुसीको बचत, जीवन बचत’ भन्ने सन्देशका साथ सार्वजनिक गरिएको यो जीवन बीमा योजना १६ देखि ६५ वर्षसम्म उमेरका व्यक्तिहरुले लिन सक्नेछन्। योजनाको न्यूनतम बीमांक रकम १ लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमांकको सीमा बीमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिन्छ।

यस योजनामा बीमा अवधि न्यूनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ। बीमा परिपक्वतामा आर्जित बोनससहित बीमांक रकम एकमुष्ठ प्रदान गरिनेछ। साथै, यस योजनामा बीमा परिपक्वता पछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको ब्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ।

न्यून बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ। बीमा शुल्क भुक्तानीको १ वर्षपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन्।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले यस बीमा योजनामार्फत् विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायी लाभान्वित हुनसक्ने बताए।
कम्पनीले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ निकै लोकप्रिय हुने विश्वास गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: Jan 08, 2020| 07:09 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्