मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्नी हत्या अभियोगमा रुपन्देही र प्युठानमा दुईजना पक्राउ

पत्नी हत्या अभियोगमा रुपन्देही र प्युठानमा दुईजना पक्राउ

पत्नी हत्याको अभियोगमा रुपन्देही र प्युठानमा एक–एक जना पक्राउ परेका छन् ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं– पत्नी हत्याको अभियोगमा रुपन्देही र प्युठानमा एक–एक जना पक्राउ परेका छन्।

रुपन्देहीमा ३० वर्षीया पत्नी कान्छी सुवेदी (कुमाल)लाई ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–१ बस्ने ३० वर्षीय सनी कुमाललाई प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी सामान्य विवादका कारण उनले आफ्नै पत्तिलाई ह्याम्मर प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ।

उता, प्युठान मालारानी–३ की खोयादेवी गिरीको हत्या अभियोगमा उनका पति खोडस गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बेपत्ता भएको भनिएकी खोयादेवीको शव स्थानीयले खोजतलास गर्दा खरको मुठ्ठाले छोपेको अवस्थामा फेला पारेपछि हत्याको आशंकामा पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 08, 2020| 06:36 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।