मंगलबार, भदौ २, २०८३

पहिरो नरोकिएपछि नारायणगढ-मुग्लिन सडक आज र भोलि बन्द

नारायणगढ–मुग्लिन सडकखन्डको पहिरो रोकथामको काम नसकिएपछि आज (बुधबार) र भोलि दिउँसोे पनि सडक बन्द हुने भएको छ ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

चितवन- नारायणगढ–मुग्लिन सडकखन्डको पहिरो रोकथामको काम नसकिएपछि आज (बुधबार) र भोलि दिउँसोे पनि सडक बन्द हुने भएको छ ।

सडक आयोजनाले मंगलबार सूचना जारी गर्दै ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ ।

गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ ।

सो कार्य नसकिएको हुँदा बिहीबार दिउँसो पनि सोही समयमा सडकखन्डमा सवारी-साधन रोकिने नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भएपनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको उनले बताए ।

सो अवधिमा अत्यावश्यक सवारी–साधनलाई प्रवेश दिइनेछ । सडकखन्डको ८ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रीवाहक सवारी–साधन १५ किलो र मालवाहक सवारी–साधन दासढुंगामा रोकिनेछन् ।

यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रीवाहक सवारी–साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी–साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ । -रासस

प्रकाशित: Jan 08, 2020| 03:08 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।