मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'निर्भया' बलात्कार काण्डमा संलग्न चार जनालाई मृत्युदण्डको फैसला

'निर्भया' बलात्कार काण्डमा संलग्न चार जनालाई मृत्युदण्डको फैसला

भारतको नयाँ दिल्लीस्थित एक स्थानीय अदालतले निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न चार अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- भारतको नयाँ दिल्लीस्थित एक स्थानीय अदालतले निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न चार अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको छ।

सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

मंगलबार दिल्लीको पटियाला अदालतका अतिरिक्त सत्रका न्यायाधीश सतीश कुमार अरोडाको इजलासले दोषीहरुलाई १४ दिनभित्र सजाय दिनसक्न आदेश दिएको हो ।

निर्भया घटनामा संलग्न चार जना दोषीहरुः अक्षय ठाकुर सिंह, मुकेश, पवन गुप्ता र विनय शर्माले आउँदो जनवरी २२ मा बिहान सात बजे तिहाड जेलमा मृत्युदण्ड दिइनेछ ।

निर्भया बलात्कारमा ६ जना संलग्न रहे पनि एक जनाले जेलमा आत्महत्या गरेका तथा अर्का एक जना घटना घटेको बेलामा नाबालिग रहेकाले चार जनालाई मात्रै मृत्युदण्डको सजाय सुनाइएको हो ।

१६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र ६ जनाले सामुहिक बलात्कार गरेका थिए।

बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो। उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। जुन घटनाको भारतभर चर्को विरोध भएको थियो।

 

प्रकाशित: Jan 08, 2020| 02:22 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।