मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार पीडितले गाउँ छाडिन्, बलात्कारीले उत्सव मनाए

बलात्कार पीडितले गाउँ छाडिन्, बलात्कारीले उत्सव मनाए

निजामुद्दिन र मुबारक एक/एक लाख धरौटीमा रिहा भए । उनीहरु गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- राजाधनीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले राजनीतिक विषय वस्तुलाई नै मुख्य समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले भने संसद्लाई सेरेमोनियल बनाउन खोजेको विषयलाई मुख्य समाचार बनाउँदै अदालतबाट न्याय नमिलेपछि बलात्कार पीडितले गाउँ छाडेको र बलात्कारीले उत्सव मनाएको विषयलाई एंकर न्यूज बनाएको छ ।

‘अनि नग्माले नेपालगन्ज छाडिन्’ शीर्षकको समाचारमा लेखिएअनुसार नेपालगञ्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम)लाई गत कात्तिक १३ गते गाउँकै निजामुद्दिन साई र मुबारक नाउले मोटरसाइकलको बीचमा राखेर अपहरण गरे ।

उनीहरुले रुपैडिया पुगेर अर्कै पुरुषको जिम्मा लगाए । ती पुरुषले बेहोस बनाएर नयाँदिल्ली पुर्‍याए । एक कोठामा राखेर पालैपालो बलात्कार गरे । अनेक प्रयासपछि उनी कात्तिक १७ गते घरमै फर्किन सफल भइन् । उनलाई भारतमा बेच्ने निजामुद्दिन र मुबारक गाउँमा निस्फिक्री घुमिरहेका थिए ।

नग्माले कात्तिक १८ गते उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी उजुरी दिइन् । उनीहरु पक्राउ परे । जिल्ला अदालतले मंसिर १७ गते उनीहरु दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।

तर, पीडक पक्षको उजुरीपछि तुलसीपुर उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरिदियो । निजामुद्दिन र मुबारक एक/एक लाख धरौटीमा रिहा भए ।

उनीहरु गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् । उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन अहिले काठमाडौं आएकी समाचारमा उल्लेख छ ।

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले प्रदेश ३ को राजधानी जसरी पनि हेटौंडालाई नै बनाउन सत्तारुढ नेकपाको हाइकमान्डले निर्देशन दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटांैडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन्।

नागरिक दैनिकले भने यती समुहलाई ताहचलको जग्गा कौडीको भाउमा दिएपछि त्यसलाई लुकाउने खेल भएको विषयलाई मुख्य समाचार बनाएको छ ।

उसले लेखेको छ- सरकारका उच्चपदस्थ अधिकारीसँग पहुँच बढाएर नेपाल ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यती समूहलाई ताहाचलको जग्गा भाडामा दिने विषय ढाकछोप गरेकोे तथ्य फेला परेको छ।

ट्रस्टको स्वामित्वमा ताहाचलमा रहेको चार रोपनी चार आना तीन पैसा तीन दाम जग्गा यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि भाडामा दिएको विषयलाई ट्रस्टका तत्कालीन अधिकारीहरुले ढाकछोप गरेको तथ्य फेला परेको हो।

ट्रस्ट र थामसेर्कुबीच २०७४ माघमा ताहाचलको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको छ।

ट्रस्टले २०७५ असारमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा थामसेर्कुलाई जग्गा भाडामा दिएको विषय उल्लेख गरेको छैन। यती समूहलाई नाममात्रको प्रतिस्पर्धा गराएर कौडीको भाउमा ताहाचलको जग्गा लिजमा दिएका कारण यो विषयलाई ढाकछोप गर्न खोजिएको ट्रस्टका उच्च अधिकारीहरु बताउँछन्।

नयाँ पत्रिकाले श्याम परदेशीभन्दा खुंखार साहुकार भेटिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

ती साहुकार राजपाका केन्द्रीय सदस्य रामबाबु यादव र तत्कालिन नयाँशक्ति पार्टीका प्रदेशसभा उम्मेदवार सञ्जय रौनियार रहेका हुन् । उनीहरुले एउटा खसी दिएर घर जग्गा कब्जा गर्ने गरेको, लाख दिएर करोडको तमसुक बनाउने गरेको समाचारमा उल्लेख छ ।

यस्तै राजधानी दैनिकले राजपा केन्द्रीय सदस्य रामबाबु यादवमाथि ५ अर्ब ठगीको आरोप लागेपछि गृहमन्त्रालयले छानबिन सुरु गरेको समाचार छापेको छ ।

कारोबार दैनिकले भ्रमण वर्षअघि नै पर्यटक घटेको विषयलाई मुख्य समाचार बनाएको छ ।

 

प्रकाशित: Jan 08, 2020| 01:53 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।