मंगलबार, भदौ २, २०८३

कोटेश्वर आकाशेपुल निर्माण अन्योलमा

कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भनी विवाद हुँदा निर्माण अघि बढ्न सकेको छैन। सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माणका लागि गत चैतमा ठेक्का सम्झौता गरे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेकाले निर्माण अघि बढ्न नसकेको हो।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं - कोटेश्वरमा आकाशेपुल निर्माण कहाँ गर्ने भनी विवाद हुँदा निर्माण अघि बढ्न सकेको छैन। सडक विभागले कोटेश्वर चोकमा आकाशे पुल निर्माणका लागि गत चैतमा ठेक्का सम्झौता गरे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेकाले निर्माण अघि बढ्न नसकेको हो।

डिभिजन सडक कार्यालयले कोटेश्वर चोक नजिकै पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। काठमाडौँ महानगरपालिका-३२ ले सो पुल कोटेश्वर चोकभन्दा पनि तीनकुने नजिक हुनुपर्ने माग गर्दै आएको छ। अहिलेसम्म स्थान सार्ने कि नसार्ने भनी निर्णय भइनसकेको डिभिजन सडक कार्यालय काठमाडौँका इञ्जिनीयर सुदर्शन कार्कीले बताए। कोटेश्वर चोकमा बस बिसौनी नजिकै पर्ने गरी पुल निर्माणको योजना बनाइएको उनले बताए। उनले भने, “वडा कार्यालयसँगको सल्लाहमा स्थानको निर्णय भएपछि नै निर्माण अघि बढ्नेछ।”

सडक विभागले चालू आर्थिक वर्षमा कोटेश्वर र नयाँबानेश्वर चोकमा आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाएको थियो। काठमाडौँका पैदल यात्रुको चाप बढी भएका स्थान छनौट गरेर पुल निर्माण गर्न लागिएको इञ्जिनीयर कार्कीले बताए।

विगतमा काठमाडौँ महानगरपालिकाले नै नगरभित्र आकाशे पुल निर्माण गर्दै आएको भए पनि चालू आवमा उसको योजना नभएकाले सरकारले योजना अघि बढाएको हो। नयाँबानेश्वर चोकमा गत पुसमा नै पुल निर्माणको अवधि सकिए पनि अझै सम्पन्न भइसकेको छैन।

प्रकाशित: Jan 07, 2020| 14:18 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।