मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पक्राउ परेका चिनियाँ स्वदेश फर्कँदै, चार वर्ष नेपाल प्रवेशमा रोक

पक्राउ परेका चिनियाँ स्वदेश फर्कँदै, चार वर्ष नेपाल प्रवेशमा रोक

काठमाडौंका विभिन्न ठाउँबाट अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाउन लागिएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं - काठमाडौंका विभिन्न ठाउँबाट अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाउन लागिएको छ।

नेपालस्थित चिनियाँ दूतावासले सोमबार अध्यागमन विभागलाई नेपालमा पक्राउ परेका १ सय २२ जनाको इन्ट्री परमिट बुझाएपछि उनीहरु चीन फर्किन लागेका हुन्।

उनीहरुलाई लिन बुधबार चीनका दुईवटा विमान नेपाल आउँदैछन्। चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान बुधबार काठमाडौं आइपुग्दै छन्। विभागका अनुसार ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। यो रकम नेपालस्थित चिनियाँ दूतावासले तिरिदिएको बुझिएको छ।

पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको छ। उनीहरुलाई ४ वर्ष नेपाल प्रवेशमासमेत प्रतिबन्ध लगाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो।

नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर र अनलाइनमा अश्लील यौनजन्य सामग्रीको अवैध कारोबारमा संलग्न उनीहरु पर्यटन भिसामा नेपाल आएका थिए।

प्रकाशित: Jan 07, 2020| 14:05 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।