मंगलबार, भदौ २, २०८३

काठमाडौं र पर्सामा ५ हुण्डी कारोवारी पक्राउ

प्रहरीले काठमाडौं र पर्साबाट गैरकानुनी हुण्डी कारोवारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– प्रहरीले काठमाडौं र पर्साबाट गैरकानुनी हुण्डी कारोवारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
ह्वाट्सएप तथा वीच्याटमार्फत् अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई प्रहरीले काठमाडौंको न्यूरोडबाट र एक जनालाई पर्साबाट पक्राउ गरेको हो ।
काठमाडौंमा गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भइरहेको सूचनाको आधारमा उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं–२४ इन्द्रचोकस्थित इ–जोन पसलका सेल्फ स्टाफ गोपाल अग्रवाल, भोला नेपाललगायत छन् ।

महाशाखाका अनुसार पक्राउ पर्ने व्यक्तिहरुबाट नगद, विभिन्न बैंकका हस्ताक्षर गरिएका चेक तथा हुण्डीको कारोबारसहितको विवरण बरामद भएको छ ।

उनीहरुको साथबाट प्रहरीले ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार बरामद गरेको महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

यस्तै, काठमाडौं ताहाचलका एनएस ट्रेडस भोटेवहालका सञ्चालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद गरेको छ। सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई पनि प्रहरीले नियत्रणमा लिएको छ ।

अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैँक रकम ७८ लाख ९९ हजार गरी ९२ लाख ५१ हजार बरामद गरेको थापाले बताए। पक्राउ परेका चार जनाको अनुसन्धान सुरु भैसकेको र थप कारवाहीका लागि राजस्व तथा अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिकलाई चार लाख ४५ हजार अबैध नेपाली रुपैयाँसहित पक्राउ गरेको छ
मंगलबार दिउँसो रक्सौलबाट वीरगन्ज आउँदै गरेको बीआर ०१ सिके ९७९६ नम्बरको स्कुटीमा सवार भारत बिहार मोतिहारीका ४९ वर्षीय राजु कुमार श्रीवास्तवलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jan 07, 2020| 11:42 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।