मंगलबार, भदौ २, २०८३

छोरी हत्याको आशंकामा आमासहित ४ पक्राउ

पर्सा प्रहरीले छोरीको हत्याको आशंकामा आमासहित चार जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– पर्सा प्रहरीले छोरीको हत्याको आशंकामा आमासहित चार जनालाई पक्राउ गरेको छ। जिल्लाको पोखरिया नगरपालिका–९ का ३० वर्षीया शिवकली देवी महतोसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोमबार बेलुकी १५ वर्षीया पुनिता कुमारीको हत्या गरी शव जलाएको अवस्थामा शवको केही भाग भेटिएपछि आमासहित चार जनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शोमेन्द्रसिंह राठौरले जानकारी दिए।

पक्राउ पर्नेमा पोखरिया–९ का ३९ वर्षीय राजेन्द्र महतो, २८ वर्षीय सन्तोष महतो र वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन्। मृतकको बुबा बिरेन्द्र महतो भने फरार छन्।

राठौरका अनुसार पुनिता हराएको भनिएको तीन दिनपछि मात्र प्रहरीले थाहा पाएको थियो। बाबुआमासँग सोधपुछ गर्दा कहिले मावलीमा त कहिले कतै गएको छ भनेर जवाफ आएको उनले सुनाए। शंका लागेपछि अनुसन्धान गर्दै जाँदा छोरीलाई कुटपिट गरेको, शव लैजाँदै गरेको तथा जलाउँदै गरेको देख्नेहरु पनि भेटिएको राठौरले जानकारी दिए।

‘छोरी हराएको भनिएको हप्तौँ बित्दा पनि बाबुआमाले खासै वास्ता गरेनन्,’ राठौरले भने, ‘शव जलाउने ठाउँ भन्दा फरक ठाउँमा जलाएको र पूरै नजलाएकोले हत्या नै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छ।’

छोरी हत्या गर्नुको कारण नखुलिसके पनि छोरीप्रतिको नकारात्मक सोच र बिहे गरिदिन गाह्रो हुने भएकाले हत्या गरेको हुन सक्ने आशंका राठौरले गरे।

पुनित हराएको भनिएको करिब तीन हप्ता पछि मात्र शव गाडेको भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थपेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 07, 2020| 09:48 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।