मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवैध रुपमा नेपाल प्रवेश गर्ने भुटानी र तिब्बती नागरिक पक्राउ

अवैध रुपमा नेपाल प्रवेश गर्ने भुटानी र तिब्बती नागरिक पक्राउ

अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने चारजना भुटानी र एकजना तिब्बती नागरिक पक्राउ परेका छन् ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

जनकपुरधाम– अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने चारजना भुटानी र एकजना तिब्बती नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई वीरगन्ज नाकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भुटानी नागरिक १९ वर्षीया चुन्डु लाम्हो, ४३ वर्षीय चोडेन तामाङ, ७० वर्षीय ज्ञानबहादुर तामाङ, ६५ वर्षीय डोल्मा तामाङ र तिब्बती नागरिक ४० वर्षीय कुनचोक ट्सोमो रहेको प्रहरीले जनाएको छ ।

भारतको बोधगया पटना हुँदै काठमाडौं जाँदै गरेको बा ५ ख २३८८ नम्बरको ‘नेपाल–भारत मैत्री सेवा’ बसबाट उनीहरु पक्राउ परेका हुन् । वीरगन्ज नाकामा सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा पासपोर्ट र भिसा नभएका चारजना भुटानी र एकजना तिब्बती नागरिकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

परिचयपत्र रहे पनि पासपोर्ट र भिसा नरहेकोले उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई सशस्त्र प्रहरीले वीरगंज नाकास्थित अध्यागमन कार्यालयमा बुझाएको छ ।

वीरगन्जस्थित अध्यागमन कार्यालले पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि अध्यागमन विभाग पठाइने बताएको छ ।

प्रकाशित: Jan 07, 2020| 09:22 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।