मंगलबार, भदौ २, २०८३

गहना लुट्‍न दुई बुहारी मिलेर सासूको हत्‍या

गोरुले हानेर घाइते भएकी कौशिला विकलाई उनका दुई बुहारी देवी र लक्ष्मी विक मिलेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– गुल्मीमा गहना लुट्न बुहारीले सासुको हत्या गरेको खुलेको छ। इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर ७६ वर्षीया सासूको हत्या गरेको खुलेको हो।

गोरुले हानेर घाइते भएकी कौशिला विकलाई उनका दुई बुहारी देवी र लक्ष्मी बिक मिलेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले बुहारीहरुले सुनका गहना लुट्ने योजनाका साथ सासुको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए।

पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाई नाक र कानमा लगाएका गहना लुटेको अभियुक्तको बयान उद्धृत गर्दै घलेले बताए। ‘गोरुले हानेर घाइते बनाएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि जिल्ला अस्पताल पाल्पा हुँदै बुटवलसम्म पुर्‍याए। उपचारकै क्रममा उनको १९ गते मृत्यु भयो,’ घलेले भने।

मृतक कौशिलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान गर्दा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलले बताए।

प्रहरीका अनुसार बेुलकी करिब ६ बजे कौशिलाका श्रीमान् शेबहादुर मासु लिन गाउँ गएका थिए। सोही मौका छोपेर दुई बुहारीले हत्याको योजना बनाए। देवीले आफू गएर गोठमा गोरु फुकाइन् र त्यसपछि लक्ष्मीले गोरु फुक्यो भन्दै सासुलाई खबर गरिन्। गोरु फुकेको देखेर सासु गोठमा गइन्। त्यही बेला लक्ष्मीले दाउराले सासुको टाउकोमा प्रहार गरिन्। सासु बेहोस भएर ढलेपछि दुई बुहारीले उनको नाकको बुलाकी र कानबाट ढुंग्री निकालेर मलखादमा लुकाए।

देवीले ‘सासुलाई गोरुले हान्यो’ भन्दै होहल्ला गरेपछि गाउँले जम्मा भएर उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएका थिए। ‘यो सबै योजना दुई बुहारीले पहिले बनाएको देखिन्छ,’ डिएसपी घलेले भने, ‘गाउँले, प्रहरी सबैले सुरुमा गोरुले हानेर नै घाइते भएको विश्वास गर्‍यौं । पछि टाउकोमा गहिरो चोट देखेपछि शंका लागेको हो।’

देवी कौशिलाको आफ्नै बुहारी हुन् भने लक्ष्मी साइँलो देवरकी बुहारी हुन्। देवीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा छन्। सासु–बुहारीमा पहिलेदेखि नै मनमुटाव रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुले लुटेर मलखादमा लुकाएको गहना बरामद गरेको छ र अभियुक्तलाई पनि पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 07, 2020| 08:21 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।