मंगलबार, भदौ २, २०८३

मालपोतका नायब सुब्बा र लेखनदास घुससहित पक्राउ

मालपोत कार्यालय, साँखुका नायब सुब्बा र लेखापढी व्यवसायी (लेखनदास) घुससहित रंगेहात पक्राउ परेका छन्।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– मालपोत कार्यालय, साँखुका नायब सुब्बा र लेखापढी व्यवसायी (लेखनदास) घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायब सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई सेवाग्राहीबाट लिएको दुई हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरूलाई दृष्टि बन्दकको लिखत पास गरेबापत दुई हजार रूपैयाँ घुस लिएको आरोप लागेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गत साउनमा साँखुस्थित मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरेकी थिइन्।

प्रकाशित: Jan 07, 2020| 07:14 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।