मंगलबार, भदौ २, २०८३

हत्या अभियुक्तलाई जन्मकैदको फैसला

तनहुँमा एक जनाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना मध्ये दुई जनालाई जन्मकैदको फैसला सुनाइएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– तनहुँमा एक जनाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना मध्ये दुई जनालाई जन्मकैदको फैसला सुनाइएको छ।
व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।

हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ का भारती परियार र मङ्गलबहादुर दमैलाई जन्मकैद र सुकबहादुर परियारलाई जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले तीन वर्ष कैदको फैसला सुनाएको श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

२०६८ साउन ९ गते भारतीको योजनामा मङ्गलबहादुर र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकी नगरपालिकाको दुलेगौडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो।

प्रहरीले अभियुक्तहरुलाई गत वर्ष पुस २९ गते पक्राउ गरेको थियो। हत्यामा संलग्न रहेका भारती मृतकका बुहारी र दमै भान्जा हुन्।

भारतीले सुकबहादुर र मङ्गलबहादुरलाई पाँच–पाँच हजार दिएर रामबहादुरको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रामबहादुरको हत्या गरेपछि सुकबहादुर परियार भारततर्फ भागेका र मङ्गलबहादुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका थिए।

प्रकाशित: Jan 07, 2020| 06:31 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।