शनिबार, असोज ३१, २०८३

सप्तरीमा एकै दिन १७ फरार अभियुक्त पक्राउ

सप्तरीमा एकै दिन विभिन्न मुद्दामा फरार १७ अभियुक्त पक्राउ परेका छन्।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– सप्तरीमा एकै दिन विभिन्न मुद्दामा फरार १७ अभियुक्त पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले विभिन्न स्थानबाट फरार १७ अभियुक्तलाई सोमबार पक्राउ गरेको हो।

अदालतबाट कैद तथा जरिवाना तोकिई फरार रहेका अभियुक्तलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१० का ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिका–४ का ५८ वर्षीय इसराइल मियाँ, सोही नगरपालिका–६ का राजकुमार साह, खड्क नगरपालिका–९ का अरुणकुमार चौधरी र सोही क्षेत्रकी सुकमारदेवी चौधरी छन्।

यस्तै, बोदे बर्साइन नगरपालिका–९ का ४७ वर्षीय चन्देश्वर साह तेली, खड्क नगरपालिका–६ का नजबुद मियाँ र सोही नगरपालिका–९ का दीपनारायण चौधरी, राजगढ गाउँपालिका–२ का बलवीरकुमार यादव, बलान बिहुल गाउँपालिका–३ का ५४ वर्षीय जयराम साह र सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय नरसिंह चौधरी पक्राउ परेका छन्।

प्रहरीले खड्क नगरपालिका–९ का फागु मण्डल, बोदे बर्साइन नगरपालिका–९ का ५७ वर्षीय झौली मण्डल, सोही नगरपालिका वडा नम्बर २ का ४७ वर्षीय महेन्द्र साह र ३८ वर्षीय रामसुन्दर यादव, खड्क नगरपालिका बद्री चौधरी र संगीताकुमारी चौधरी पक्राउ गरेको छ।

प्रकाशित: Jan 07, 2020| 06:21 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।