मंगलबार, भदौ २, २०८३

पोखरामा लागुऔषधसहित दुई पक्राउ

प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काडमाडौं– प्रहरीले २८० एम्पुल लागुऔषधसहित पोखरामा दुई जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय, रामबजारको टोलीले चेकजाँचका क्रममा पोखरा महानगरपालिका–१३, काहुँखोलाबाट स्थानीय २१ वर्षीय अनुप तामाङ र पोखरा–२७, शिशुवाका १९ वर्षीय विशाल परियारलाई पक्राउ गरेको हो ।

उनीहरूले बोकेको झोलाबाट डाइजापाम ९४ एम्पुल, बुप्रिनर्फिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल लागुऔषध बरामद गरिएको कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक प्रकाश थापाले बताए। उनका अनुसार चेकजाँचका क्रममा अनुपले चलाएको ग०७प ६१२४ नम्बरको मोटरसाइकलबाट लागुऔषध बरामद गरिएको हाे।

चेकजाँच गर्न लाग्दा भाग्न खोजेपछि पिछा गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको थापाले जानकारी दिए।

प्रकाशित: Jan 07, 2020| 05:55 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।