सोमबार, असोज २६, २०८३

तीन सातापछि घट्यो सुनको मूल्य

तीन सातायता निरन्तर उकालो लागेको सुनको मूल्य आज (मंगलबार) घटेको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– तीन सातायता निरन्तर उकालो लागेको सुनको मूल्य आज (मंगलबार) घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँ घटेर ७५ हजार पाँच सय रूपैयाँमा कारोवार भइरहेको छ। यस्तै, तेजावी सुन पनि प्रतितोला पाँच सय घटेर ७५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

यसअघि गत सोमबार छापावाल सुन प्रतितोला ७६ हजार रूपैयाँ र तेजावी सुन ७५ हजार सात सय रूपैयाँमा कारोवार भएको थियो।

सुनकाे मूल्य घटेपछि उपभाेक्ताले राहत महसुस गरेका छन्। 

सुनको मूल्य गत मंसिर २७ गतेयता निरन्तर उकालो लागेको थियो। उक्त दिन प्रतितोला ७० हजार आठ सयमा कारोवार भएको छापावाल सुन गत सोमबार अहिलेसम्मकै सर्वाधिक महँगोमा किनबेच भएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला ७६ हजारमा कारोवार भएको सुनचाँदी महासंघले जनाएको छ।

मंसिर २७ गतेयता सुनको मूल्य पाँच हजार दुई सय रूपैयाँ बढिसकेको छ।

स्रोत : नेपाल सुनचाँदी व्यवसायी महासंघ।

प्रकाशित: Jan 07, 2020| 05:43 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्