मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिमपातले चार दिनदेखि मुगु सञ्चारविहीन, राराका पर्यटक मर्कामा

हिमपातले चार दिनदेखि मुगु सञ्चारविहीन, राराका पर्यटक मर्कामा

हिमपातका कारण मुगु चार दिनदेखि सञ्चारविहीन भएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

मुगु– हिमपातका कारण मुगु चार दिनदेखि सञ्चारविहीन भएको छ।

हिमपातले जुम्लाको डाँफे लेकमा अवस्थित नेपाल टेलिकम टावरको रेडियो लिंकमा समस्या उत्पन्न गरेपछि मुगु सञ्चारविहीन बनेको हो। जिल्लामा जीएसएम, एसटीडी, एडीएसएल इन्टरनेट सेवा अवरुद्ध बनेको टेलिकमले जनाएको छ।

गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा हिमपात परेको थियो।

सञ्चार सेवा अवरुद्ध भएपछि जिल्लामा सरकारी तथा गैरसरकारी संघसंस्थाकाे सेवाप्रवाह प्रभावित भएको छ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि सफ्टवेयर नचल्दा वित्तीय कारोवार गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजंग रावलले बताए।

बैंक तथा वित्तीय संस्थाले पनि सेवाप्रवाहमा पनि समस्या देखिएकाे छ। राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयका प्रबन्धक हरिन्द्र बोहोराले इन्टरनेट सेवा अवरुद्ध बैंकका सबै प्रणाली चलाउन समस्या भएको जानकारी दिए। उनले भिस्याटबाट बैंकको आन्तरिक इन्टरनेट सेवा सञ्चालन गरिए पनि गति सुस्त भएको बताए।

प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकसमेत मर्कामा परेका छन्। नागरिकले आफ्ना आफन्तजन र अन्य कारोवारका लागि सम्पर्क गर्न पाएका छैनन्।

डाँफे लेकमा बाक्लो हिउँ जमेको र मौसममा सुधार नआएकाले त्यहाँ जान नसक्दा टावरको समस्याबारे बुझ्न नसकिएको टेलिकमले जनाएको छ।

प्रकाशित: Jan 07, 2020| 04:46 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।