मंगलबार, भदौ २, २०८३

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

देशभर सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनको ज्यान गएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– देशभर सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीनको ज्यान गएको छ।

ट्राफिक प्रहरीका अनुसार ओखलढुंगा, चितवन र सप्तरीमा भएका तीन दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ मा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा स्थानीय ४५ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार व्यक्ति भने घाइते भएका छन्।

यस्तै, चितवनको रत्ननगर नगरपालिका–४, देबैलीमा सोमबार राति रोकिएको मिनीट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ। मृतकको सनाखत भने हुन सकेको छैन। दुर्घटनामा गम्भीर घाइते २९ वर्षीय युवकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

सप्तरीको बलानबिहुल गाउँपालिका–२ झिझहा टोलमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। ज्यान गुमाउनेमा सुरुंगा नगरपालिका–१०, थलाहाका ३५ वर्षीय फुर्तिला मुखिया रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 07, 2020| 03:42 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।