मंगलबार, भदौ २, २०८३

रूपन्देही कारागारमा क्षमताभन्दा तेब्बर कैदी–बन्दी

जिल्ला कारागार, रूपन्देहीमा क्षमताभन्दा तेब्बर कैदी–बन्दी राखिएका छन्।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

रूपन्देही– जिल्ला कारागार, रूपन्देहीमा क्षमताभन्दा तेब्बर कैदी–बन्दी राखिएका छन्।

१५० क्षमताको कारागारमा अहिले ४२० कैदी–बन्दी छन्। 

कारागारमा क्षमताभन्दा बढी कैदी–बन्दी राखिँदा व्यवस्थापनमा समस्या हुने गरेको कारागार प्रशासनले जनाएको छ।

कारागार कार्यालयका प्रमुख एवं जेलर नारायण पन्थीले कैदी–बन्दीले खुला रूपमा बस्न नपाएको बताउँछन्। “यसले कैदी–बन्दीबाट राज्यले लिन सक्ने श्रम पनि लिन सकेको छैन,” उनले भने।

कारागारमा कैदी–बन्दीको चापले बेलाबेला उनीहरूको स्वास्थ्यमा समस्या देखिने गरेको कारागार प्रशासनले जनाएको छ।

जीर्ण कारागारले जोखिम

कारागार भवन पनि जीर्ण छ। १९९० सालमा भवन बनेकाले जीर्ण भएको कारागार प्रशासनले जनाएको छ। भवन जीर्ण हुँदा कैदी–बन्दी जोखिममा छन्।

जेलर नारायण पन्थीले कारागार भवन जीर्ण भएकाले नयाँ भवन आवश्यक रहेको बताउँछन्।

प्रकाशित: Jan 07, 2020| 03:19 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।