मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चुरे बन्यो छियाछिया, पहिरोको उच्च जोखिममा बुटवल

‘चुरे पहाडको टुप्पोबाट पानी पस्यो भने त्यो पहाड नै बिस्तारै खलबलिन्छ। पहाड खलबलिएपछि पूरै डाँडै बग्न सक्छ’, भूगोलविद् कडरियाले भने, ‘ज्योतिनगर, लक्ष्मीनगर र आदर्शनगर मात्रै होइन, यस्तै अवस्था हुने हो भने बुटवल बजार सखाप हुन सक्छ।’
 |  शनिबार, भदौ १९, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शनिबार, भदौ १९, २०७८

बुटवल– बुटवलबाट उत्तर पूर्वको ‘चुरे पहाड’ पहिरोले छियाछिया भएको छ। गत वर्षसम्म डाँडाको एकाध ठाउँमा मात्रै पहिरो गएको देखिन्थ्यो। यस वर्ष भने डाँडा पूरै खुइलिएको छ। पूर्वपश्चिम राजमार्गमा यात्रा गर्नेहरु जब तिनाउ पुल हुँदै पूर्वतर्फ लाग्छन् त्यही उराठ भूमिले ध्यान तान्छ। त्यति मात्रै होइन, एक महिनापछि कसैले यो दृश्य देखेको छ भने आश्चर्यचकित हुन्छ। लगातारको वर्षाका कारण भदौ १०, १३ र १४ गते बुटवलको शिरमा रहेको चुरे डाँडामा ठूलो पहिरो गयो। झन्डै १० दिनदेखि बुटवल ज्योतिनगर, लक्ष्मीनगर र बम्घाट बस्ती लगातार पहिरो खसिरहेको छ। 

triton college

चुरे पहाड क्रमशः भासिँदै बुटवलको बस्तीतर्फ पस्न थालेको छ। भदौ १० गते ज्योतिनगर बस्तीमाथि खानेपानीको ट्यांकीमा क्षति पुगेको थियो। तीन दिनपछि चुरेको माथिल्लो भागबाटै जमिन भासिएर ढुंगामाटो र रूखसहितको पहिरो ज्योतिनगरको बस्तीमा पस्यो। १३ गतेको बाढीले ४ घर पूर्ण रुपमा क्षतिग्रस्त बनायो। २ दर्जन घरपरिवार घर छाडेर अन्यत्र बास बसे। १४ गतेको बाढीले एक दर्जन घरमा क्षति पुर्‍याएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब २ सय घर पहिरोको जोखिममा छन्। ५० भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। तर, चुरेमा देखिएको क्षतविक्षत दृश्यले बुटवल बजार ठूलो जोखिममा छ। ‘२०५५ सालमा जस्तो पहिरो खसेको थियो, झन्डै उस्तै गरी यो पटक पहिरो खसेको छ’, भूगोलविद् डा. भोजराज कडरियाले भने, ‘चुरे पहाड आफैंमा कमजोर भूबनोटको छ, अझै केही दिन पानी परिरहे बुटवल बजारमै ठूलो क्षति हुन सक्छ।’ 

 ‘चुरे पहाडको टुप्पोबाट पानी पस्यो भने त्यो पहाड नै बिस्तारै खलबलिन्छ। पहाड खलबलिएपछि पूरै डाँडै बग्न सक्छ’, भूगोलविद् कडरियाले भने, ‘ज्योतिनगर, लक्ष्मीनगर र आदर्शनगर मात्रै होइन, यस्तै अवस्था हुने हो भने बुटवल बजार सखाप हुन सक्छ।’

२०५५ सालमा बुटवल बहुमुखी क्याम्पससम्म ढुंगामाटो मिश्रित पहिरो आएको स्मरण गर्दै उनले पानी परेपछि चुरे घिउजस्तै पग्लने बताए। ‘चुरे पहाडको टुप्पोबाट पानी पस्यो भने त्यो पहाड नै बिस्तारै खलबलिन्छ। पहाड खलबलिएपछि पूरै डाँडै बग्न सक्छ’, भूगोलविद् कडरियाले भने, ‘ज्योतिनगर, लक्ष्मीनगर र आदर्शनगर मात्रै होइन, यस्तै अवस्था हुने हो भने बुटवल बजार सखाप हुन सक्छ।’ २०५५ भदौ २० गते पहिरोका कारण ५७ परिवार विस्थापित भएका थिए।

भदौ १४ गते चुरेबाट बगेको लेदोसहितको बाढी बुटवलको मुख्य बजार क्षेत्रसम्म आइपुगेको थियो। लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, ट्राफिकचोक हुँदै हस्पिटल लाइनसम्म सडकमा लेदो बगेको थियो। ‘यस वर्ष पानी जसरी परिरहेको छ र चुरेमा जस्तो क्षति देखिएको छ, यसले राम्रो संकेत गरेको छैन’, डा. कडरियाले भने। 

Metro Mart
vianet
बुटवल बजार चुरेको फेदीमा बसेको छ। चुरेको खोंचबाट बग्दै आएको तिनाउ नदीको किनारमा अवस्थित बुटवलको मुख्य बजार क्षेत्र जति प्राकृतिक रुपमा सुन्दर छ, त्यति नै बाढीपहिरोको जोखिममा छ। 

अहिले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका जनता पहिरोको त्रासले रातभर जाग्राम बस्न थालेका छन्। तर, यो क्षेत्र पहिल्यैदेखि पहिरोको जोखिममा थियो। 

बुटवल बजार चुरेको फेदीमा बसेको छ। चुरेको खोंचबाट बग्दै आएको तिनाउ नदीको किनारमा अवस्थित बुटवलको मुख्य बजार क्षेत्र जति प्राकृतिक रुपमा सुन्दर छ, त्यति नै बाढीपहिरोको जोखिममा छ। केही उँचो भागमा रहेका बुटवल वडा न. ३ र ४ मा पर्ने ज्योतिनगर र लक्ष्मीनगर आवासीय हिसाबले निकै लोभलाग्दो मानिन्छ। तर, यो क्षेत्रलाई त्र भूगर्वशास्त्रीहरुले दुई दशकअघि नै बसोबासका हिसाबले उपयुक्त नभएको सिफारिस गरेका थिए। 

२०५५ सालमा पहिरोले ५७ घर क्षतविक्षत बनाएपछि त्यहाँ बस्न नमिल्ने भन्दै सरकारले बुटवल तामनगरमा स्थानान्तरण गरेको थियो।  पहिरोले पुर्‍याएको क्षति भुल्दै फेरि बाक्लो बस्ती बस्यो। जसको परिणाम यही भदौ १३ र १४ गते आएको पहिरो भएको बताउँछन् स्थानीय जनप्रतिनिधि समेत रहेका लीलाप्रसाद श्रेष्ठ। 

‘म त्यतिखेर सेनामा कार्यरत थिएँ।। त्यतिबेलै सरकारले यहाँ बस्न नहुने भनेको हो’, उनले भने। उनका अनुसार तत्कालीन समयमा राजाले समेत ज्योतिनगर र लक्ष्मीनगर असुरक्षित भएकाले बसोबास नगर्न निर्देशन दिएका थिए। 


 पहिरोले क्षतिग्रस्त ज्योतिनगर।

चुरे संरक्षणका लागि खोलिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले गरेको अध्ययनमा डाँडाको माथिल्लो भागमा धाँजा फाँटेको उल्लेख छ। वसन्तपुर डाँडाको केही तल्लो भागमा २०७२ सालको भूकम्पपछि धाँजा फाटेको थियो। पानी परेपछि त्यहींबाट  पहिरो जाने र बुटवलका ज्योतिनगर, लक्ष्मीनगर र आदर्शन नगर प्रभावित हुन सक्ने जनाएको छ। 

‘अध्ययनपछि चुरेको माथिल्लो भागमा पहिरो नियन्त्रणका लागि करिब २ करोड खर्च गरेर काम पनि गरेका हौं’, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बुटवल कार्यान्वयन एकाइका प्रमुख अजय कार्कीले भने। चुरे निकै संवेदनशील भए पनि त्यहाँ लक्ष्मी पार्क, पैदलमार्ग, सडक र मन्दिर जस्ता भौतिक पूर्वाधार निर्माण गरिनुले पहिरो देखापरेको उनले बताए। ‘चुरेको भूबनोट निकै संवेदनशील छ, पानी पर्दा घिउजस्तै पग्लन्छ र हिउँदमा चट्टानजस्तै हुन्छ। त्यसैले यस्तै बर्षा भयो भने बुटवलमा ठूलो क्षति गराउन सक्छ’, कार्कीले भने। पहिरो रोक्न करोडौं खर्च लाग्ने तर, त्यसले रोक्ने ग्यारेन्टी नहुने भएकाले बस्ती स्थानान्तरण गर्नु उचित हुने उनको भनाइ छ। 

देख्दैन सरकार 

लुम्बिनीको मुख्यमन्त्री कार्यालयबाटै चुरे पहिरोले छियाछिया भएको देखिन्छ। कार्यालयबाट १ किमि दुरीमा पहिरोले विस्थापित परिवार बसेका छन्। तर, प्रदेश सरकारलाई चुरेको भयानक अवस्थाले छुन सकेको छैन। चुरे पूरै बगेर मुख्यमन्त्री कार्यालयसमेत जोखिममा पर्न सक्ने अवस्था छ। सरकारले भने यसबारे कुनै छलफल र चासो दिएको छैन। स्थानीय र संघीय सरकार पनि गम्भीर देखिएका छैनन्। 

स्थानीय सरकारले ज्योतिनगर क्षेत्रमा पहिरो प्रभावित नागरिकलाई उद्धार गर्ने काममा मात्रै ध्यान दिएको छ। ‘हामीले अहिले पहिरो पसेको घरमा परेकाहरुलाई उद्धार गरी बस्ने व्यवस्था गरेका छौं। पुरिएका सामान निकाल्न सहयोग गरेका छौं’, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने, ‘दीर्घकालीन व्यवस्थापनबारे छलफल भइरहेको छ।’ 

नगरप्रमुख सुवेदीले दीर्घकालीन व्यवस्थापनका लागि तीन तहकै सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। विज्ञहरुले बस्ती स्थानान्तरणलाई सुरक्षित उपायका रुपमा सुझाए पनि नगर प्रमुख सुवेदीले भने विगतमा स्थानान्तरण गरे पनि फेरि पर्किएर बसेको बताउँदै अब बृहत् छलफल जरुरी रहेको बताए। 

तत्काल चुरेबाट खसेको पहिरोले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र जोखिममा देखिएको छ। भूगर्भशास्त्रीहरुको अध्ययनले भने बुटवल नै उच्च जोखिममा रहेको बताएका छन्। 

प्रकाशित: Sep 04, 2021| 10:20 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।