मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा मिनिट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवनमा मिनिट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवनमा साेमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

चितवन– चितवनमा साेमबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

मृतकको पहिचान खुलेको छैन। रत्ननगर नगरपालिका–४, देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते करिब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

रासस

प्रकाशित: Jan 07, 2020| 02:39 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।