मंगलबार, भदौ २, २०८३

उपत्यकाभित्रका प्रहरी इकाईमा नागरिक सहायता कक्ष

उपत्यकाभित्रका प्रहरी इकाईहरुमा सर्वसाधारणलाई सेवा लिन सजिलोका लागि नागरिक सहायता कक्ष राखिने भएको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- उपत्यकाभित्रका प्रहरी इकाईहरुमा सर्वसाधारणलाई सेवा लिन सजिलोका लागि नागरिक सहायता कक्ष राखिने भएको छ।

उपत्यकाका तीनवटै जिल्लाभित्र रहेका मुद्दा चल्ने प्रहरी इकाईमा नागरिक सहायताको लागि सहायता कक्ष राख्ने तयारी महानगरीय प्रहरी कार्यालय रानी पोखरीले गरेको हो।

प्रत्येक कार्यालयको प्रवेशद्वारमा नागरिक सहायता कक्ष हुने र सादा पोशाकका एकजना प्रहरी नागरिक सहयोगीका रुपमा कार्यालय अवधिभर त्यहाँ रहने महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

‘प्रहरी कार्यालयले प्रदान गर्ने सेवा, सेवा प्राप्त गर्ने प्रक्रिया, सेवा प्रदान गर्ने सम्बन्धित व्यक्तिका बारेमा नागरिक सहयोगीले प्रवेशद्ववारमै जानकारी दिने छ’ पोखरेलले भने, ‘यसबाट सेवालिन पनि सजिलो हुने र नागरिकको प्रहरीप्रतिको विश्वास पनि बढ्ने विश्वास लिइएको छ।’

प्रहरीले हाम्रो कुरा सुन्दैन, सामान्य कामका लागि जाँदा पनि नेताहरु नै लिएर जानुपर्छ भन्ने नागरिकको बुझाइमा परिवर्तन ल्याउन सहायता कक्ष राख्न लागिएको भन्दै पोखरेलले यसबाट नेताहरुको अनावश्य दबाब पनि झेल्न नपर्ने बताए।

सम्बन्धित कार्यालयमै कार्यरत जवान या हवलदारलाई उक्त जिम्मेवारी दिइने र त्यस्तो व्यक्ति छनौट गर्दा उसको आचरण, व्यवहार, शिष्टता जस्ता कुरा हेरिने पोखरेलले जानकारी दिए।

यस्तै पोखरेल प्रमुख भएर आइसकेपछि महानगरीय प्रहरीले अन्य दुईवटा महत्वपूर्ण निर्णय पनि गरेको छ। आन्तरिक शुद्धिकरणका लागि ‘पर्फमेन्स अडिट टिम’ को टोली बनाएको छ।

उपत्यकाको तीन जिल्लाको प्रहरी इकाइ हेर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरीले आन्तरिक अनुगमन र निरीक्षणसँगै प्रभावकारी सेवा प्रवाहका लागि भन्दै टोली गठन गरेको हो। टोलीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रेवति ढकाललाई दिइएको छ।

टोलीले अपराध अनुसन्धानमा प्रहरी परिचालन र सेवा प्रवाहमा प्रभावकारिताको मूल्याङ्कन गर्ने डिआइजी पोखरेलले जानकारी दिए।
पोखरेलले केही दिनअघि मात्र उपत्यकाभित्र रहेका सादा पोशाकका प्रहरी हटाउने निर्णय गरेका थिए।

प्रकाशित: Jan 06, 2020| 12:20 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।