मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ट्रेलिया आगलागी : नेपालले भन्यो– हामी पनि दु:खी छौँ

अस्ट्रेलिया आगलागी : नेपालले भन्यो– हामी पनि दु:खी छौँ

अस्ट्रेलियामा ४ महिनादेखि जारी भीषण आगलागीले पुर्‍याएको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- अस्ट्रेलियामा ४ महिनादेखि जारी भीषण आगलागीले पुर्‍याएको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।

आगालागीले व्यापाक जनधनको क्षति पुर्‍याएपछि नेपालले विज्ञप्तिमार्फत सोमबार दुःख व्यक्त गरेको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार आफ्ना अस्ट्रेलियाका समक्षकी मराइज प्यानलाई एक पत्र पठाएर नेपाल सरकार दुःखी रहेको उल्लेख गरेका छन्।

पत्रमा मन्त्री ज्ञवालीले आगलागीका कारण अस्ट्रेलियामा केही मानिसका साथै करोडौं पशुपंक्षीको मृत्यु भएको र व्यापक सम्पत्तिको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले यो विपत्तिले पुर्‍याएको क्षतिबाट अस्ट्रेलियाका जनता तथा सरकारलाई पर्न गएको पीडामा नेपाल पनि दुःखी भएको उल्लेख गरेका छन्।

अस्ट्रेलिया सरकार तथा जनतालाई यो विपत्तसँग लड्ने शक्ति मिलोस भन्ने कामनासमेत गर्दै मन्त्री ज्ञवालीले आगलागीले पुर्याएको क्षति परिपूर्ति गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Jan 06, 2020| 11:55 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।