काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको छलफल केन्द्रीय कार्यालय सानेपामा जारी छ। सोमबारको छलफलमा १४ जना जिल्ला सभापतिहरुले बोलेका छन्। छलफल भोलि पुनः साढे ११ बजे सुरु हुनेछ।
सोमबार बोल्ने अधिकांश जिल्ला सभापतिहरुले सहमतिकै आधारमा महाधिवेशनको मिति तोक्नु पर्ने धारणा राखेका छन्।
केन्द्रमा सभापति पक्षले पेलेर गए तल्लो तहसम्म छलफल गर्नुपर्ने उनीहरुले सुझाव दिएका छन्। बैठकमा ४० भन्दा बढी जिल्ला सभापतिहरु सहभागी भएका छन्।
सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय समिति बैठकबाट एकलौटी निर्णय गरेपछि असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन्।
जिल्ला सभापतिहरुको सल्लाहका आधारमा अगाडि बढ्ने पौडेलले जनाएका छन्।