मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय सदस्यकै संयोजकत्वमा एमसीसी खारेजी अभियान घोषणा

नेकपा केन्द्रीय सदस्यकै संयोजकत्वमा एमसीसी खारेजी अभियान घोषणा

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध खारेजी अभियान सुरु भएको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध खारेजी अभियान सुरु भएको छ।

एमसीसीलाई राष्ट्रघातको संज्ञा दिँदै यसविरुद्ध अभियान गठन भएको हो। राजनीतिक दलको नेता, साहित्यकार, राजनीतिक विश्लेषक तथा नागरिक अभियान्ताहरुले खारेजी अभियान सञ्चालनका लागि समिति नै खडा गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ को संयोजकत्वमा सोमबार १७ सदस्यीय एमसीसी खारेज अभियान २०७६ को घोषणा गरिएको हो।

खारेजीका अभियान्ताहरुले एमसीसी अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक रणनीति अन्तर्गत रहेको र यो नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताका विरुद्ध रहेको जिकिर गरेका छन्।

साथै उनीहरुले यस्तो प्रस्ताव नेपाल सरकारले सम्झौता गरेर संसद्बाट अनुमोदनका लागि २०७५ माघ २५ गते प्रस्ताव दर्तासमेत गरिसकेको अवस्थामा यो प्रस्तावले नेपाललाई अमेरिकी साम्राज्यवादको नवऔपनिवेशिक राष्ट्र बनाउने निश्चित रहेको तर्क पनि गरेका छन्।

अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी देख्दा पूर्वाधार विकाससँग सम्बन्धितजस्तो देखिए पनि सारतः यो नेपाल, चीन र भारतविरुद्ध लक्षित छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्तो प्रस्ताव शेरबहादुर देउवा नेतृत्वको सरकारले सम्झौता गरी राष्ट्रघात गरेको थियो।

उक्त राष्ट्रघातलाई नेकपा नेतृत्वको सरकारले खारेज गर्नुको सट्टा उल्टै त्यसलाई आत्मसात् गर्दै कार्यान्वयन गर्न अगाडि बढाउनु देशद्रोही कार्य हो।’

यस्तो षड्यन्त्र नेपाली जनतालाई किमार्थ स्वीकार्य नहुने विज्ञप्तिमा जनाइएको।

प्रकाशित: Jan 06, 2020| 10:53 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।