मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सभा निर्वाचनको ठिक अगाडि राजपाको बन्द प्रशिक्षण

राष्ट्रिय सभा निर्वाचनको ठिक अगाडि राजपाको बन्द प्रशिक्षण

राजपाले राष्ट्रिय सभाको प्रदेश– २ का मतदाताहरुको बैठक २७ पुसमा बर्दिवासमा राखेको छ। यसैगरी, मतदाताहरुको प्रशिक्षण पनि बर्दिवासमै माघ ७ र ८ गते राखिएको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं–  राजपाले राष्ट्रिय सभाको प्रदेश– २ का मतदाताहरुको बैठक २७ पुसमा बर्दिवासमा राखेको छ। यसैगरी, मतदाताहरुको प्रशिक्षण पनि बर्दिवासमै माघ ७ र ८ गते राखिएको छ।

राष्ट्रिय सभा निर्वाचन हुनु ठिक अगाडि दुई दिन मतदाताहरुलाई वर्दिवासमा एकै ठाउँमा राखेर उसले प्रशिक्षण दिन लागेको हो। मतदाताहरु विचलित नहोउन र नेकपा-राजपा गठबन्धनका उम्मेदवारलाई नै मत देउन् भनेर दुई दिनसम्म प्रशिक्षण कार्यक्रम चलाइएको राजपाका एक केन्द्रीय सदस्यले बताए।

राष्ट्रिय सभा निर्वाचनको संयोजनको जिम्मेवारी केन्द्रमा राजेन्द्र महतोको नेतृत्वमा रहनेछ भने सदस्यमा अध्यक्ष मण्डलका सबै सदस्य र दुई जना उम्मेदवारसमेत रहने छन्।

यसैगरी, प्रदेश २ मा संसदीय दलका नेता जितेन्द्र सोनल र उम्मेदवारहरुलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै सोमबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले महाधिवेशन समितिको बैठक शुक्रबारका बोलाएको छ। जिल्लामा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुको बैठक पुस २६ गते जनकपुरधाममा बोलाइएको छ।

प्रकाशित: Jan 06, 2020| 10:27 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।