काठमाडौं - प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक विदा दिने भएको छ। माघे सक्रान्तिको अवसरमा प्रदेश सरकारले दुई दिन विदा दिने निर्णय गरेको हो।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र माघ १ र २ गते सार्वजनिक विदा दिइने निर्णय गरेको हो।