मंगलबार, भदौ २, २०८३

अब पढ्न नपाइने भयो ‘ट्रक साहित्य’

 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

म मरेपछि मेरो लासको पोष्टमार्टम गर्न नदिनु प्रिय
मुटुमा तिम्रो नाम भेटिँदा अनुसन्धानमा फसौली

संविधान बनेपछि देशले कोल्टे फेर्छ भन्थे
साला देश त उत्तानो नै पो पर्‍यो त गाँठे ।

मनपरेको केटी पो केटी
नत्र सबै चेलिबेटी।

नारीविना श्रृष्टिमात्र हैन, केटाहरुको फेसबुक पनि चल्दैन ।

लोग्ने हिँड्यो साउदीको खाडीमा स्वास्नी चढी अर्कैको गाडीमा
फुल्यो निमपत्ता तीन सालमा फर्किँदा बूढी बेपत्ता ।

घरमा बसे आर्थिक चाप
विदेश हिँडे बूढी टाप ।

माथिका पंक्तिहरु सार्वजनिक सवारीसाधनमा लेखिएका हुन्। यस्ता सायरी, कविता, प्रशिद्ध भनाइ आदि ट्रक, टिप्पर, बस, ट्याक्सी तथा यदाकदा मोटरसाइकलमा समेत देख्न सकिन्छ। मायाप्रेम, हास्य, वेदना, वियोग पोख्ने माध्यम बनेका छन् सार्वजनिक सवारीसाधन। लेख्नेको मन शान्त होला, पढ्ने कोही रमाउँछन्, कोही नोस्टाल्जिक हुन्छन्। कसैलाई रिस पनि उठ्ला ।

वर्षौंदेखि पोखिँदै आएका यस्ता भावना अब भने पढ्न नपाइने भएको छ। सरकारले नै यसमा कडाइ गर्न लागेको हो। सवारीसाधनमा लेखिएका घतलाग्दा हरफ अब मेटिनेछन् भने नयाँ सवारीले लेखेमा कारबाहीको भागिदार बन्नुपर्नेछ।

सवारीसाधनमा लेखिने यस्ता सामग्रीले दुर्घटनाको जोखिम बढाएको भन्दै यातायात व्यवस्था विभागले हटाउन लागेको हो। सवारीका विभिन्न भागमा सायरी, स्लोगन, कोटेसन, कविता राख्न विभागले अब नदिने भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारीमा लेखिएका ‘सिर्जना’ले दुर्घटना निम्त्याउन भूमिका खेलेको पाइएपछि हटाउने अभियान थालिएको बताए। गाडीमा लेखिएका लामा–लामा सायरीले दुर्घटना निम्त्याएको पाइएपछि ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवालासँग छलफल गरेर हटाउने निर्णय गरेको उनले जानकारी दिए।

‘सवारी साधनका पछाडि लेखिएका सामग्री मेट्न एक महिनाको समय दिइएको छ,’ हमालले भने, ‘‘कसैले अटेरी गरेमा ट्राफिक प्रहरीसँगको सहकार्यमा कारबाही थालिने छ।’

सवारीसाधनमा लेखिने सायरीले ‘ट्रक साहित्य’ को पहिचान बनाइसकेको छ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले यस्ता सामग्रीका कारण दुर्घटना बढेको दाबी गरे पनि ती सामग्रीले चालकको ध्यान कति आकर्षित गर्छ र दुर्घटनामा त्यसको प्रभाव कति छ भन्ने अहिलेसम्म अनुसन्धान भएको छैन।

सरकारले पनि यस्तो साहित्यमा प्रतिबन्ध लगाउने मनासिब कारण भन्न सकेको छैन– ‘यस्तो सायरी–साहित्यका कारण पनि दुर्घटना भएको पाइयो’ भन्नु बाहेक।

त्यसो त केही ‘ट्रक साहित्य’ स्त्रीद्वेसी रहेको भनेर आलोचना पनि हुँदै आएको छ। तर सरकारले ट्रक साहित्यमा बन्देज लगाउनुको कारण दुर्घटना भनेको छ। सडक र गाडीको अवस्थामा सुधार नगर्ने, ट्राफिक नियमको पालना नगराउने तर, ट्रकको पछाडि लेखिने साहित्यलाई दुर्घटनाको कारण भनेर बन्देज लगाउनु उदेकलाग्दो छ।  

अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु सरकारको यो कदमलाई सरकारको अनुदार व्यवहारको संज्ञा दिन्छन् । पशुपति शर्माको ‘लुट्न सके लुट’गीतमा प्रतिबन्ध लगाउनेदेखि एब्सर्ड र्‍यापर भिटेनलाई थुन्नेसम्मको काम गरेर ‘मोरल पुलिसिङ’ गरिरहेको सरकारको टाउको गाडीका पछाडि लेखिने शायरीले समेत दुख्न थालेको टिप्पणी उनीहरुको छ।

प्रकाशित: Jan 06, 2020| 08:29 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।