मंगलबार, भदौ २, २०८३

सुख्खा बन्दरगाहमै थन्किए इलेक्ट्रिक गाडी

यावसायिक प्रयोजनका लागि नेपाल ल्याउन लागिएका इलेक्ट्रिक गाडी करिब तीन महिनादेखि वीरगन्जस्थित सुख्खा बन्दरगाहमा रोकिएका छन्।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं– व्यावसायिक प्रयोजनका लागि नेपाल ल्याउन लागिएका इलेक्ट्रिक गाडी करिब तीन महिनादेखि वीरगन्जस्थित सुख्खा बन्दरगाहमा रोकिएका छन्। आधिकारिक बिक्रेताबिना नै विभिन्न देशबाट नेपाल ल्याउन लागिएका ६ वटा इलेक्ट्रिक गाडी वीरगन्ज भन्सार कार्यालयले जाँचपास गर्न नमानेपछि बन्दरगाहमा नै थन्किएका हुन्।

‘नेपालमा बिक्रीका लागि ल्याइएका ती गाडी जुन कम्पनीले ल्याएको हो, त्यो कम्पनी नेपालमा आधिकारिक विक्रेता नै होइन। त्यसैले हामीले गाडीको भन्सार पास गर्न नमानेको हो,’ सुख्खा बन्दरगाहका प्रमुख उमेश श्रेष्ठले बताए।

नेपालमा किशोर गियर कम्पनीले रेना जगुआर कम्पनीका २ वटा, पिन्सा अटोमोटिभ कम्पनीले अउडी कम्पनीको ३ वटा र वेष्टर ग्यालेक्सी कम्पनीले टेस्टा कम्पनीको एउटा इलेक्ट्रिक गाडी बिक्रीका लागि ल्याएका थिए।

‘ती गाडी व्यक्तिगत प्रयोजनका लागि ल्याइएको भए रोकिँदैनथे तर व्यावसायिक प्रयोजनका लागि ल्याइएका कारण रोकिएको हो,’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले भने।

विभागका अनुसार गाडी रोकिएपछि एक जना व्यक्ति अर्थमन्त्रीको सल्लाहकार हुँ भन्दै आएका थिए तर उनी दलाल भएकोले थाहा पाएपछि उनलाई बेवास्ता गरिएको थियो।

आयातकर्ताले आफू नेपालको लागि आधिकारिक विक्रेता भएको प्रमाण नल्याएसम्म गाडी नछाड्ने विभागले बताएको छ।

किशोर गियर प्रालिका सञ्चालक किशोरचन्द्र बादे श्रेष्ठले भन्सार विभागले विनाकारण शर्त तेर्स्याएर व्यवसायीलाई दुःख दिएको गुनासो गरे । प्रिन्सा अटोमोटिभका म्यानेजर हिमांश गर्ग भने यस विषयमा बोल्न चाहेनन्।

उनले भने, ‘भन्सारमा हामीले ल्याएको अउडी ब्रान्डका गाडीहरु रोकिएको छ भन्ने अनौपचारिक रुपमा सुनेको हुँ तर यसबारे अफिसमा औपचारिक छलफल भएको छैन।’

प्रकाशित: Jan 06, 2020| 08:01 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्