मंगलबार, भदौ २, २०८३

सुनको भाउमा दैनिक रेकर्ड, ४ दिनमा २५ सय बढ्‍यो

सुनको मूल्यमा पुनः रेकर्ड कायम भएको छ । पछिल्लो चार दिनमा प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेर सोमबार प्रतितोला ७६ हजारमा सुन कारोबार भइरहेको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं । सुनको मूल्यमा पुनः रेकर्ड कायम भएको छ । पछिल्लो चार दिनमा प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेर सोमबार प्रतितोला ७६ हजारमा सुन कारोबार भइरहेको छ।

गत बिहीबार सुन तोलामा ७३ हजार ५०० रुपैयाँ थियो । त्यसपछि हरेक दिन बढिरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ७३ हजार ५०० मा कारोबार भएको सुन शुक्रबार ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार एक हजार बढेर ७५ हजार ५०० मा कारोबार भयो ।

पछिल्लो हप्ता भएका दुई घटना– अमेरिकाद्वारा इरानी सेनाका प्रमुख जनरल कासिम सुलेमानीको हत्या र हुवावे प्रकरणमा अमेरिका र चीनबीचको शीतयुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। त्यसकै असर नेपाली बजारमा पनि परेको हो । सुनलाई सबैभन्दा बढी सुरक्षित लगानीको क्षेत्र मानिन्छ ।

प्रकाशित: Jan 06, 2020| 07:10 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।