धनगढी– कैलालीको धनगढीमा लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मी ढुंगाना छन्।
उनीहरूलाई धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागुऔषध पनि बरामद गरेको बताइएकाे छ।