मंगलबार, भदौ २, २०८३

प्रदेश ३ को स्थायी राजधानी र नाम भोलि टुंगो लाग्‍ने

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको विषय भोलि टुंगो लगाउने गरि आजबाट प्रक्रिया सुरु गरिने भएको छ ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

हेटौँडा- प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको विषय भोलि (मंगलबार) टुंगो लगाउने गरी आज (सोमबार)बाट प्रक्रिया सुरु गरिने भएको छ ।

सोमबारबाट सुरु हुने प्रदेशसभाको पाँचौ अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउन औपचारिक रुपमा प्रक्रिया शुरु हुने भएको हो ।

प्रदेशसभाको सोमबारको बैठकमा प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिमाथि छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिमाथि छलफलसँगै प्रदेशको नामाकरणसम्बन्धी कार्यविधिमाथि छलफल गरी पारित गर्ने र प्रदेशको नाम प्रस्ताव गर्न माग गर्ने कार्यतालिका तय भएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार पत्रकार भेटघाटमा सभामुख श्रेष्ठले राजधानी तोक्ने र नामाकरणका लागि मतदान प्रक्रियामा जाने बताएका हुन् । उनले भने, सबै प्रक्रिया पूरा गरेर प्रदेशको स्थायी राजधानी र नाम मङ्गलबार टुङ्गो लगाउने गरी तय गरिएको छ ।

यसअघि प्रदेशको स्थायी राजधानीसम्बन्धमा अध्ययन गर्न बनेको राजधानी अध्ययन विशेष समितिले बर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लासहितको सम्भावित सूची सिफारिश गरेको थियो ।

बर्णानुक्रमअनुसार सिफारिश भएका जिल्लाको कुन स्थानमा राजधानी राख्ने हो प्रदेश सभाको वैठकमा प्रस्ताव माग गर्ने प्रदेशसभाका प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिए ।

बर्णानुक्रमअनुसार सबैभन्दा पहिले स्थायी राजधानी तोक्न काभ्रे जिल्लाको प्रस्तावित स्थानका लागि मतदान हुने भएको छ । मतदान गर्न पक्षमा हुने र विपक्षमा हुने प्रदेश सभाका सदस्यको छुट्टाछुट्टै लाइन र स्थान प्रदेश सभा भवन भित्र व्यवस्था गरिने भएको छ ।

सभामुखले मतदान प्रक्रिया सुरु हुने सभामुखले जानकारी दिएपछि पाँच मिनेटसम्ममा प्रदेश सभा भवनमा प्रवेश गर्न दिने समय निर्धारण गरिने र सो समयभित्र नआउने प्रदेश सभाका सदस्यलाई मतदानस्थलमा प्रवेश नगराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित: Jan 06, 2020| 03:02 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।