मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलिबाट फेरि वर्षा र हिमपात हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

भोलिबाट फेरि वर्षा र हिमपात हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पश्चिमी वायुको प्रभावका कारण भोलि (मंगलबार)बाट फेरि देशभरको मौसम बद्लिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिबाट
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण भोलि (मंगलबार)बाट फेरि देशभरको मौसम बद्लिने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि (मंगलबार)बाट पुनः वर्षा र हिमपातको सम्भावना देखिएको छ । आज बेलुकी पश्चिमबाट पुनः पश्चिमी वायु प्रवेश गर्ने र त्यससँगै वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायु यसअघिको जस्तो शक्तिशाली नभए पनि प्रभाव भने देशका अधिकांश स्थानमा देखिने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भोलिबाट देशका विभिन्न ठाउँमा वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनेछ । सुदुरपश्चिम र कणली प्रदेशका हिमाली जिल्लामा आज (सोमबार) साँझबाटै हिमपात हुने सम्भावना देखिएको उनले बताए ।

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ । मौसमविद् श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा मंगलबार र बुधबार वर्षा हुने र आसपासका डाँडामा हिमपात पनि हुन सक्नेछ । मध्य र तराई क्षेत्रमा भने वर्षा हुने सम्भावना नदेखिएको उनले बताए ।

अहिले काठमाडौंसहित देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ । अहिले लागेको कुहिरो दिउँसोपछि हट्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । बेलुकाबाट भने पश्चिमी वायुको प्रभाव देखिन सक्ने उनले बताए ।

पश्चिमी वायुकै कारण केही दिनदेखि हिमपात र वर्षाका कारण कष्टकर भएको जनजीवन आइतबारदेखि केही सामान्य भएको थियो।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पौष २१ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पूर्वका एक दुइ स्थानमा हल्का बर्षाको संभावना छ।

राति : देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २२ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदलीरही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ भने पूर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलीरही पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३ गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

प्रकाशित: Jan 06, 2020| 02:22 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।