मंगलबार, भदौ २, २०८३

काठमाडौंमा लजभन्दा भाडाको कोठा महँगो !

काठमाडौंका भोटेबहाल, गणेशबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा ६ बेडको व्यवस्था हुन्छ । ६ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने गरेका छन्।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं– सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा। तर, उनको बसाइ र सुताइ आरामदायी नै छ। श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमा हो। डेरा लिँदा महिनामा १० हजार रूपैयाँ तिर्नुपर्छ। तर, लजमा सुत्दा प्रतिरात १५० रूपैयाँ तिरे पुग्छ। खाना पनि लजमै सस्तोमा पाइन्छ। नुहाउन पानी पाइन्छ। शौचालय व्यवस्थित मिल्छ।

डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन। “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस् ?” श्रेष्ठले भने।

त्यसो त काठमाडौंका भोटेबहाल, गणेशबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा ६ बेडको व्यवस्था हुन्छ । ६ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ।

त्यसो त २०७२ सालको भूकम्पयता डेराकोठा लिन मिल्ने सस्ता खालका कोठा नै छैनन्। सहरभित्रका कतिपय डेरा बस्ने घरमा भएका कोठा डरलाग्दा छन्। कतै भित्ता चर्किएका छन् भने कतै भुइँ धसिएका छन्। परिवार भएकाहरू यस्तैमा सुत्छन् भने परिवार नभएकाको रोजाइ लज हो। काठमाडौंको मध्य सहरमा फुटपाथमा व्यवसाय गर्नेहरू हुन् वा भरिया, प्रायःको रोजाइ यस्ता लज नै हुन थालेको छ।

दोलखा, नाम्दुबाट भारी बोक्न आएका सिद्धिचरण चोक न्युरोडका भरिया प्रकाश कार्कीका अनुसार लजका कोठामा मात्र होइन, छतमा सतरन्जा ओछ्याएर लहरै सुत्ने पनि निकै छन्। घरका छत रात परेपछि यस्तै विश्रामकर्ताले ओगट्छ र बिहान हुनासाथै छत खाली हुन्छ। छतमा एक रात सुतेपछि सुत्नेले रातमा पचास रूपैयाँ तिरे पुग्छ। यसरी सुत्नेहरू होटलमा खाने र सहरका सार्वजनिक शौचालयको उपयोग गर्ने गर्छन्। ओमबहालका एक घरधनीले खाली छतमा पैसा आउँछ भने किन नसुताउने भन्ने भएर आश्रयका लागि खुला छत भाडामा लगाएको बताए। छत भए पनि त्यसमा छानो हुन्छ, कोठा बारिएको वा झ्याल भने हुँदैन।

जाडोमा एकआपसमा टाँसिएर सुत्छन्, गर्मीमा खुकुलोसँग सुत्छन्। लजमा आउनेलाई शौचालयको टन्टा नहुने, नुहाउन धुवाउन पानी पाइने तथा खान पकाउन नपर्ने भएकाले डेराभन्दा लजमा रात बिताउन मन पराउने गरेको लज सञ्चालकको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रकाशित: Jan 06, 2020| 02:01 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।