मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक-एक हजार तिरेर छुटेका १२२ जना चिनियाँ अध्यागमनमा बुझाइयो

एक-एक हजार तिरेर छुटेका १२२ जना चिनियाँ अध्यागमनमा बुझाइयो

काठमाडौंका विभिन्न ठाउँबाट ७ पुसमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक एकरएक हजार जरिवाना तिरेर छुटेका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौंका विभिन्न ठाउँबाट ७ पुसमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक एक-एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन्।

उनीहरु काठमाडौं जिल्ला प्रशान कार्यालयको आदेश अनुसार एकएक हजार रुपैयाँ जरिवाना तिरेर थुनामुक्त भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई अभद्र व्यवहार गरेको कसुरमा सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो।

ती चिनियाँ नागरिकले कसूर स्वीकार गरेकाले सरकारी वकिलको रायअनुसार एक हजार रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

अब उनीहरुलाई अध्यागमन विभागमा बुझाउने तयारी थालिएको परिसरले जनाएको छ।

उनीहरु पर्यटन भिषामा नेपाल आएर गैरकानूनी रुपमा काम गरेको र कतिपयसँग पासपोर्ट समेत नरहेकाले अनुसन्धानका लागि अध्यागमनमा बुझाइने महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको संयुक्त टोलीले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो ।

प्रकाशित: Jan 05, 2020| 13:01 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।