मंगलबार, भदौ २, २०८३

सर्वाधिक पुरस्कार राशीको फोटो प्रतियोगिता घोषणा

फोटो जर्नलिस्ट क्लब (पिजे) ले सर्वाधिक पुरस्कार राशीको फोटो प्रतियोगिताको मिति तोकेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- फोटो जर्नलिस्ट क्लब (पिजे) ले सर्वाधिक पुरस्कार राशीको फोटो प्रतियोगिताको मिति तोकेको छ।

पिजे क्लबले विगत ७ वर्षदेखि यो प्रतियोगिता गर्दै आएको छ।

क्लबले आइतबार कमलादीस्थित एक होटेलबाट नेपाल फोटो कन्टेस्ट २०७६ को घोषणा गरेको हो।

ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतियोगिताको घोषणा गरेका थिए।

उनले आफूले खिचेको फोटोलाई प्रतियोगितामा समावेशका लागि अनलाईन इन्ट्री गरी प्रतियोगिताको सुरुवात गरेका छन्।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै फोटो दर्ता गराउन सक्ने भएका छन्।

प्रतियोगितामा भाग लिने क्लबको वेबसाइट पिजेक्लब डट कम डट एनपी वा एनपीसी डट फोटोनेपाल डट ट्राभलमा गएर आफ्नो फोटो दर्ता गर्न सक्नेछन्।

प्रतियोगितामा विदेशी नागरिक वा विदेशमा खिचिएको फोटो समावेश हुनेछैनन्।

प्रतियोगितामा फोटोको सौखिन सबैले भाग लिने पाउने क्लबले जनाएको छ। फोटो दर्ता गर्ने मिति २०७६ माघ १७ गते राती १२ बजेसम्मलाई तोकिएको छ।

कार्यक्रममा गत वर्षका फोटोहरु समावेश पुस्तक नेपाल ल्याण्ड अफ कन्ट्रास्ट लोकापर्ण गरिएको छ।

प्रकाशित: Jan 05, 2020| 12:53 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।