मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचन : ढिला पुगेपछि दर्ता भएन उम्मेदवारी

राष्ट्रियसभा निर्वाचन : ढिला पुगेपछि दर्ता भएन उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि प्रदेश २ बाट एक जना उम्मेदवार मनोनयन दर्ता गराउनबाट बञ्चित भएका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

जनकपुरधाम- राष्ट्रियसभा सदस्यका लागि प्रदेश २ बाट एक जना उम्मेदवार मनोनयन दर्ता गराउनबाट बञ्चित भएका छन्।

तोकिएको समय भन्दा ढिलो पुगेपछि नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसेन निर्वाचन अधिकृतको कार्यालयबाट रित्तै फर्कनु परेको हो।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताका लागि आइतबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म समय निर्धारण गरेको थियो।

तर हुसेन २५ मिनेट ढिला गरी पुगेपछि मनोनयन दर्ता हुन नसकेको सहायक निर्वाचन अधिकृत पुष्पा झाले बताइन्। ‘मनोनयन दर्ता गराउन तीन बजेसम्म समय तोकिएको थियो तर उहाँ २५ मिनेट ढिला पुग्नु भयो, त्यसैले मनोनयन दर्ता हुन सकेन,’ झाले भनिन्।

नेपाल संघीय समाजवादी पार्टीबाट प्रदेश सभामा सावित्री देवी साह एक जना सांसद छिन्। रौतहटको केही स्थानीय तहमा नेपाल संघीय समाजवादी पार्टीले जितेको छ।

प्रकाशित: Jan 05, 2020| 12:18 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।