मंगलबार, भदौ २, २०८३

निराला न्याय परिषद् सदस्यमा सर्वसम्मत सिफारिस

संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा अनुमोदन गरेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा अनुमोदन गरेको छ।

आइतबार बसेको समिति बैठकले निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको हो।

परिषद् सदस्यका लागि निरालाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका थिए। समितिले १० दिनको म्याद दिएर उनीविरुद्ध उजुरी आह्वान गरेपछि कुनै पनि उजुरी परेको थिएन्।

न्यायपरिषद् सदस्यमा सिफारिस निरालाले समितिमा जवाफ दिने क्रममा आफुले निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाएका थिए। उनले आफू गन्हाउने भएर समितिमा नबस्नेसमेत बताएका थिए।

जीवनको उत्तराद्र्धमा कुनै दायाँ बायाँ गर्नुपर्ने आवश्यकता नरहेको भन्दै निरालले आफुमाथि गरिएको विश्वासलाई असर पर्न नदिने बताएका छन्।

समितिका सदस्य सांसद भिमसेनदास प्रधानले न्यायप्रति जनताको विश्वास घट्दै गएकोमा कुनै पूर्वाग्रह र राजनीतिक भागवण्डा भन्दा टाढा रहेर निष्पक्ष ढंगले न्यायाधीश नियुक्तका लागि काम गर्न सुझाव दिएका थिए।

निरालासँगको छलफलका क्रममा विशेष समिति सदस्य देव गुरुङले शाहीकालमा पनि काम गरेको र अहिले फरक परिवेशमा पनि न्याय परिषदमा सिफारिस भएको अवस्थालाई कसरी लिनुहन्छ भनेर प्रश्न गरेका थिए।

सांसद राजेन्द्र श्रेष्ठले अन्य क्षेत्र जस्तै न्यायधशि सिफारिसमा समेत राजनीतिक भावगण्डा हुने गरेको भन्दै यसको रोकथामका लागि कस्तो भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।

प्रकाशित: Jan 05, 2020| 12:02 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।