शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचन : कर्णालीमा दुई सिटका लागि चारजनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा दुई सिटका लागि चारजनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
 |  आइतबार, पुस २०, २०७६

देव राना

देव राना

आइतबार, पुस २०, २०७६

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाबाट जाजरकोटका मायाप्रसाद शर्मा र सुर्खेतका सुवित्रा विसी र नेपाली कांग्रेसबाट सुर्खेतका डिल्लाराम पाठक र सुर्खेतकै गणेशकुमारी बस्नेतले उम्मेद्वारी दर्ता गराएका हुन् ।

triton college

शर्माको प्रस्तावकमा सांसद करविर शाही र ठम्मर विष्ट समर्थक रहेका छन् । त्यस्तै विसीको प्रस्तावक सांसद देवी ओली र वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल समर्थक रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाठकको प्रस्तावकमा सांसद यज्ञबहादुर विसी र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन समर्थक छन् । बस्नेतको प्रस्तावक बराहताल गाउँपालिकाका मेयर उपेन्द्र थापा र पञ्चपुरी गाउँपालिकाका उपप्रमुख शोभाकुमारी शर्मा समर्थक रहेकी छिन् ।

पौडेलको अस्वीकारपछि बस्नेतलाई अवसर

सुर्खेतकी रावित्री पौडेलले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेपछि नेपाली कांग्रेसले गणेशकुमार बस्नेतलाई अवसर दिएको छ । कांग्रेसले शनिबारमात्रै पौडेलको नाम टुंगो लगाएको थियो ।

आदर्शको राजनीति सकिएको भन्दै पौडेलले उम्मेदवार नबन्ने बताइन् । ‘पार्टीले उम्मेदवार बन्नका लागि प्रस्ताव गरेको थियो, तर मैले निर्णय गरेकी थिइन,’ पौडेलले भनिन्, ‘नेपालमा आदर्शको राजनीति छैन, म राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्दिनँ ।’ हार्ने चुनावमा उम्मेदवार बनाएको भन्दै उनी रुष्ट बनेकी थिइन् । जीवनभर निष्ठाको राजनीति गर्नेलाई पार्टीले न्याय गर्न नसकेको भन्दै पौडेलले उम्मेदवार बन्न अस्वीकार गरेको बताइएको छ।

Metro Mart
vianet

उम्मेदवारको पृष्ठभूमि

शर्मा

जाजरकोट भेरी नगरपालिका–१२ जगतिपुरमा २०२० सालमा जन्मिएका मायाप्रसाद शर्मा २०३८ सालमा अखिलको सदस्य बने । २०४२ सालमा शिक्षक संगठनमा आवद्ध भएका शर्मा २०४७ सालदेखि पार्टी राजनीतिमा संलग्न भए । नेकपा मसालको जिल्ला कमिटी सदस्य, संयुक्त जनमोर्चाको जिल्ला उपाध्यक्ष, नेकपा माओवादीबाट २०५१ देखी २०६३ सम्म भूमिगत भएका थिए ।

केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुँदै सचिवालय सदस्यसम्म भएका शर्मा २०६४ सालको संविधान सभाको निर्वाचनपछि २०६५ सालमा समानुपातिक सभासद बनेका थिए ।

२०६९ सालमा नेकपा माओवादी विभाजनपछि उनी मोहन वैद्य समूहमा लागेका थिए । भूमिगतको बेला पश्चिम जिल्लाको युद्ध मोर्चाको नेतृत्व गरेका थिए । आईएसम्मको अध्ययन पूरा गरेका शर्माले युद्धकालमा परिवारका धेरै सदस्य गुमाएका छन् ।

विसी

सुर्खेतको खानीखोलामा २०१७ सालमा जन्मिएकी सुमित्रा विसीले तत्कालिन मालेबाट २०३५ सालबाट पार्टी राजनीतिमा प्रवेश गरिन् । २०३७ सालदेखि अखिल नेपाल महिला संघको पुनर्गठन भएपछि त्यसको सदस्यसमेत भइन् । २०३९ सालमा उनलाई पार्टीले सदस्यता दिएको थियो । तर त्यतिबेला पार्टीका दस्तावेज नभेटिँदा २०४३ सालमा पार्टीको सदस्यता कायम भयो । गाउँ, इलाका, नगर, जिल्ला अञ्चल कमिटीको सदस्य हुँदै काम गरेको अनुभव उनमा छ ।

तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिव भएर काम गरेको उनको अनुभव छ । तत्कालिन एमालेमा हुँदा उनले केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको सदस्य भएर काम गरिसकेकी छन् । २०७४ सालमा पार्टीले प्रतिनिधि सभा सदस्य पदको समानुपातिक उम्मेदवार बनाउने आश्वासनपछि राष्ट्रिय वाणिज्य बैंकको जागिरबाट राजिनामा दिएर पूर्णरुपले राजनीतिमा आएकी हुन् ।

पाठक

डिल्लीराम पाठक सुर्खेतका पुराना नेता हुन् । २०२० सालमा पञ्चपुरी नगरपालिका–४ बाबियौरमा जन्म भएको हो । विद्यार्थी जीवनमै राजनीतिमा होमिएका थिए उनी । २०३६ सालमा नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको क्याम्पस इकाई कमिटीमा राजनीति सुरु गरेका पाठक २०४० सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय प्रतिनिधि बनेका थिए ।

चार वर्ष विद्यार्थी राजनीतिमा बिताएका पाठक ४० सालपछि पूर्ण रुपले पार्टी राजनीतिमा लागे । पार्टी राजनीति सुरु गरेपछि विभिन्न समयमा गरी तीन पटक महाधिवेशन प्रतिनिधि भए । २०३६ सालबाट नै पार्टीको क्रियाशिल सदस्यता लिएका पाठकले १५ वर्ष सुर्खेत जिल्लामा सह–सचिव पदमा रहेर महत्वपूर्ण योगदान गरेका छन् ।

बस्नेत

सुर्खेतको बराहताल गाउँपालिका–८ कुनाथरी निवासी गणेशकुमारी बस्नेत पुरानी नेतृ हुन् । २०३६ सालदेखिनै कांग्रेसको क्रियाशील सदस्य रहेर उनी बहुदल विरुद्धको अभियानमा सामेल भइन् । बस्नेतले विभिन्न समयमा महिला संघ, वडा सदस्य र कांग्रेसको जिल्ला सदस्य भएर काम गरिसकेकी छिन् ।

कति छन् कर्णालीमा मतदाता ?

राष्ट्रिय सभाका लागि कर्णालीमा १ सय ९८ मतदाता रहेका छन् । प्रदेशका ७९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ५८ र ४० जना प्रदेशसभा रहेका छन् । स्थानीय तहमा कांग्रेस प्रमुख र उपप्रमुख गरी ४० जना र ६ जना प्रदेश सभा सदस्य गरी ४६ जना मतदाता रहेका छन् । त्यस्तै स्थानीय तहमा नेकपाका प्रमुख, उपप्रमुख गरी १ सय १० र ३३ जना प्रदेश सभा सदस्य गरी कुल १ सय ४३ जना मतदाता छन् ।

कर्णालीमा स्थानीय तहको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र प्रदेश सभामा १ गरी ३ जना मतदाता छन् । कर्णालीमा ६ जना मतदाता स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका मतदाता रहेको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ ९ गते निर्वाचन हुनेछ । उम्मेदवारले पुस २५ मा निर्वाचन चिह्न पाएपछि निर्वाचन हुनुभन्दा ४८ घण्टापूर्व १० दिनको समयावधि प्रचारप्रसारका लागि पाउनेछन् ।

६ वर्षे कार्यकालका लागि निर्वाचित सदस्यले फागुन २१ बाट पदबहाली सम्हाल्नेछन् । कानुनअनुसार म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

कर्णालीबाट जाजरकोटका कालिबहादुर मल्ल र हुम्लाका यूटोन तामाङको दुई वर्ष कार्यकाल सकिने भएपछि निर्वाचन हुन थालेको हो ।

प्रकाशित: Jan 05, 2020| 11:22 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।