मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको चेतावनी : ७ गतेभित्र पैसा नपाए फेरि आन्दोलन

उखु किसानको चेतावनी : ७ गतेभित्र पैसा नपाए फेरि आन्दोलन

सरकारसँग पाँच बुँदे सहमति गरेका उखु किसानहरुले माघ ७ गतेभित्र बक्यौता रकम नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- सरकारसँग पाँच बुँदे सहमति गरेका उखु किसानहरुले माघ ७ गतेभित्र बक्यौता रकम नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले सरकारसँग भएको सम्झौता बमोजिम पैसा नपाए आफूहरु पुनः आन्दोलन गर्न तयार रहेको बताएका छन्।

रायले नेपालसमयसँग भने, ‘सरकारसँग भएको सहमति बमोजिम माघ ७ गतेसम्म हामीले कुर्नु पर्छ। सरकारको सम्झौतामाथि ८० प्रतिशत विश्वास गरेका छौँ। तर, त्यो विश्वास तोडियो भने हामी पुनः आन्दोलनमा फर्किन्छौं।’

आन्दोलन गर्न काठमाडौं आएका किसानमध्ये अधिकांश सर्लाही फर्किइसकेका छन्। सचिव राय र अन्य एक जना किसान सोमबार फर्किदैछन्।

उनी आफ्नो गाउँ फर्किनुअघि आन्दोलनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवादसमेत दिएका छन्।

‘सरकारले गरेको सम्झौताबमोजिम २०७६ माघ ७ गतेसम्म हामी उखु किसानहरुले आआफ्नो हिसाबबमोजिमको नगद प्राप्त गर्ने विश्वास बोकेका छौं। सम्झौतामाथि निगरानी र लागू गर्न थप सहयोग गरिदिन सबै पक्षलाई आग्रह गर्दछौं।’ किसानहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Jan 05, 2020| 11:18 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।