मंगलबार, भदौ २, २०८३

साताको पहिलो दिन १६ अंकले बढ्यो बजार

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक १६.०९ अंकले उकालो लागेर ११८२.३१ अंकमा अडिएको छ ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक १६.०९ अंकले उकालो लागेर ११८२.३१ अंकमा अडिएको छ । यसदिन समूहगत परिसूचक पनि उकालो लागेको छ ।

आइतबार सबैभन्दा बढी जीवन बिमा समूहको ८३.६८ अंक, निर्जीवन बीमा समूह ५९.२९ अंक, माइक्रोफाइनान्स समूहको ४०.२४ अंकले समूहगत परिसूचक उकालो लागेको छ ।

त्यस्तै बैंकिङ समूहको १६.७४, ट्रेडिङ समूहको ६.३५, होटल्स समूहको १०.६४, विकास बैंक समूहको १९.३६, जलविद्युत कम्पनीको ८.६७, फाइनान्स कम्पनीको ३.८६, उत्पादनमूलक समूहको २.३९, अन्य २.७७ र म्याचुअल फन्डको ०.०१ अंकले परिसूचक बढेको छ ।

यसदिन माइक्रोफाइनान्स समूहका लगानीकर्ता चम्केका छन् । आइतबार वोमी माइक्रोफाइनान्सको सेयर मूल्यमा सर्किट लागेको छ। यस लघुवित्तले नागरिक लघुवित्तसँग मर्ज भई गत मंसिरदेखि एकीकृत कारोबार सुरु गरेको थियो । यस लघुवित्तको मूल्य आइतबार ६१ रुपैयाँ बढेर ६७५ रुपैयाँ पुगेको छ । त्यसैगरी, ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ९.५४ प्रतिशतले बढेको थियो । आइतबारको कारोबारमा कमाउनेमा श्रीराम सुगर मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्।

नेकपाको सचिवालय बैठकमा राष्ट्रिय सभाको आशन्न निर्वाचनमा पुराना नाम नदोहोर्याउने विषयमा सहमति भएको भन्ने समाचार बाहिरिए लगत्तै अर्थमन्त्री पुनः नदोहोरिने सम्भावना भएको लगानीकर्ताले आँकलन गरेका छन् । सोही कारण पनि बजारमा उछाल आएको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको ठम्याइ छ। । अर्थमन्त्रीका कारण पुँजी बजार ओरालो लागेको आरोप लगानीकर्ताले लगाउँदै आएका छन्।

प्रकाशित: Jan 05, 2020| 11:08 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्