मंगलबार, भदौ २, २०८३

विद्युतीय धरापमा परेर गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आज बिहान मृतावस्थामा भेटिएको छ । नि
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आज बिहान मृतावस्थामा भेटिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी छ वर्षको पोथी गैंडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको हो ।

अन्नबाली खान आएको गैँडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए । निकुञ्जले चालु आर्थिक वर्षमा छ गैंँडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ ।

रासस

प्रकाशित: Jan 05, 2020| 10:53 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।