मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘नेकपाको सचिवालय मिलेको छैन, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि राखौं’

‘नेकपाको सचिवालय मिलेको छैन, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि राखौं’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको सचिवालय नमिलेको टिप्पणी गरेका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

धनगढी– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको सचिवालय नमिलेको टिप्पणी गरेका छन्। धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेता नेपालले सचिवालय अपूर्ण रहेको बताएका हुन् ।

पूर्व एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने आशय नेता नेपालले व्यक्त गरे । सचिवालय जसरी मिलाउनुपर्ने हो, त्यो अलिकति नमिलेको उनले बताए । उपाध्यक्ष ठूलो पद भएका कारण पूर्व एमालेको हकमा ती उपाध्यक्षबाट पनि सचिवालयमा ल्याउनुपर्नेमा उनको जोड थियो । रावल र शाक्यलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने उनले बताए ।

नौ सदस्यीय सचिवालयलाई १५ सदस्यीयसम्म बनाउन सकिने उनले सुझाव दिए । नेता नेपालले पार्टी एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित: Jan 05, 2020| 10:42 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।