काठमाडौं- अन्तर्राष्ट्रिय आतंककारी संगठन इस्लामिक स्टेट आईएसका दुई लडाकु भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने प्रयासमा रहेको भारतीय प्रहरीले दाबी गरेकाे छ।
द इकोनोमिक्स टाइम्सका अनुसार उनीहरु नेपालको सीमा क्षेत्रमा पर्ने भारतको महाराजगंज, कुशीनगर र सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको सूचना भारतीय प्रहरीले प्राप्त गरेको छ।
उत्तर प्रदेश प्रहरीका आईजी (बस्ती रेन्ज) आशुतोश कुमारले उनीहरु आतंककारी संगठन आइएसका लडाकु भएको र नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको भन्ने खबर प्राप्त भएको पुष्टि गरेका छन्।
नेपाल प्रवेश गर्ने प्रयासमा आईस लडाकुहरु ख्वाजा मोइनद्दीन र अब्दुल समद रहेको भारतीय प्रहरीको दाबी छ।
आतंककारी समूहका दुईजना व्यक्तिहरु प्रवेश गर्न खोजिरहेको खबर प्राप्त भएपछि त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
आईसआईस मध्यपूर्वी एसिया क्षेत्रमा लामो समयदेखि हिंसात्मक विद्रोह गरिरहेको समूह हो। इराक, सिरिया, अफगानिस्तान, पाकिस्तान लगायतका देशमा आइएसले आफ्नो गतिविधि गर्दै आएको छ।
केही समयअघि श्रीलंकामा एक चर्चमा आइएसले आक्रमण गर्दा सयौँ मानिस मारिएका थिए।
साथै युरोपका केही देश, बेलायत र फ्रान्समा समेत आइएसले घातक आक्रमण गरिसकेको छ।
Alert sounded along India-Nepal border in Maharajganj, Kushinagar and Siddharthnagar districts after two suspected ISIS terrorists enter UP: Police
— Press Trust of India (@PTI_News) January 5, 2020