मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंक र भिसाको सहकार्यमा १० प्रतिशत क्यासव्याक अफर

एनआईसी एशिया बैंक र भिसाको सहकार्यमा १० प्रतिशत क्यासव्याक अफर

 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ वर्ष २०२० को अवसरमा ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५००– सम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम रु. ५००– तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ । यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: Jan 03, 2020| 07:12 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्