मंगलबार, भदौ २, २०८३

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७४ हजार ५ सय

लगातार बढिरहेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार तोलाको ७४ हजार ५ सय पुगेसँगै यो रेकर्ड बनेको हो ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- लगातार बढिरहेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार तोलाको ७४ हजार ५ सय पुगेसँगै यो रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ५ सय थियो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि आकाशिएको हो ।

अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ लगातार बढिरहेको छ । यसको मूल्य अझै बढ्न सक्ने महासङ्घले जनाएको छ ।

प्रकाशित: Jan 03, 2020| 05:34 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्