मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा सप्ताहव्यापी रक्तदान

सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा सप्ताहव्यापी रक्तदान

 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– सिद्घार्थ बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा २०७६ पुस ११ देखि १६ गतेसम्म देशका विभिन्न १० स्थानहरु विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटाै‌डा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केहि हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ ।

 

 

प्रकाशित: Jan 03, 2020| 04:30 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्