काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल सांग्रिलासँग सम्झौता गरेको छ ।
सनराइज बैंक लिमिटेड तथा होटल सांग्रीलाबीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले फुड, बेभरेज, बेकरी, साउना र स्विमिङजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको के्र्रडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन् । यो सुविधा यस बैंकका ग्राहकहरुले पुस १५, २०७७ सम्म उपयोग गर्न सक्ने छन्।