काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिबीच एन आई सी एशिया बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहकलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक विमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।